सापकोटाहरूमा अनुरोध
हाम्रो पहिलो प्रयास स्वरुप यो वंशावली अहिले हाम्रो हातमा आएको छ । पहिलो प्रयास भएको हुनाले यसमा सुधार गर्नुपर्ने थुप्रै कुराहरु हुन सक्छन् । सवैले कता के गल्ती रहेछ भनेर गल्ती खोतलेर टिका टिप्पणी, मन दुखाई वा गुनासो नगरीदिनुहोला । अहिले यो वंशावली यो रुपमा आउनुनै हाम्रो लागि खुसीको कुरा हो भन्ने रुपमा लिईदिनुहुन अनुरोध छ ।
अव हामी सवैको ईच्छ्राशक्ति[?] र जाँगर भएमा यसमा छुट भएकालाई थप गरेर, कमी कमजोरीलाई सुधार गरेर, माईती, मामली, ससुराली, दिदी वहिनी भान्जा भान्जी, नाती नातिनीहरु, ज्वाई आदि सवैको स्पष्ट जानकारीहरु समेत समेटेर दोश्रो संस्करण प्रकाशन गर्न सकिनेछ । तार्कु कुसुण्डे मुल थलो भएका सापकोटाहरुको पूर्खाहरुको थप जानकारीहरु तथा वंशजहरुको वारेमा धेरै जानकारी सहितको एक उत्कृष्ट दस्तावेज तयार गर्नकालागि आजकै मिती देखि अनुसन्धान तथा सूचना संकलनको काम शुरु हुनेछ । त्यसकारण सवैले झर्को नमानीकन आफ्नो र परिवारको वारेमा माग गरिएका सवै सूचनाहरु स्पष्ट उल्लेख गरी कुशपानी सापकोटाको [लुकाइएको] (ईमेल) मा पठाईदिनहुन अनुरोध छ। कागज नस्ट हुनसक्ने सम्भावना भएकोले सके आफै वा आफुले नसके अरुको सहयता लिएर भएपनि ईमेलमा पठाईदिनुहन अनुरोध छ ।
ईमेल : [लुकाइएको]
स्रोत: भूमिका